www.tandavnews.com
Fact ~ In search of truth

अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव

पाेखरा
ताण्डव न्यूज । 

रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले यसवर्ष पनि सडक महोत्सवको आयोजना गरेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने जनाइएको छ । रेवानको आयोजनामा यो २० औं संस्करणको महोत्सव हो ।

Batas

रेवान पोखराका अध्यक्ष बुधराज भुजेलका अनुसार महोत्सव शहिद चोक देखि खहरे, डिहिकोपाटनसम्मको झण्डैं ३ किमि दुरीमा हुनेछ । महोत्सवले पर्यटकीय चहलपहल त बढाउँछ नै लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामिण भेगमा उत्पादित सामग्रीहरुको विक्रीलाई प्रोत्साहन गर्ने भुजेलले बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमको समेत प्रदर्शन गराइने तयारी रहेको जनाइएको छ ।

महोत्सवमा आकर्षणको जापान, चिन, कोरियन र इन्डियनका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका लागि दुतावास समक्ष प्रस्तावना पु¥याइएको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको भुजेलले सुनाए ।

मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, पपुलर आर्टिस्टहरुको लाइभ कन्सर्ट एवं लाइभ दोहोरी महोत्सवका प्रमुख आर्कषण रहने छन् ।

सडकमा होटल तथा रेष्टुरेण्टहरुको खानाका पारखीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारका मेनुहरु उपलब्ध गराइने जनाइएको छ । गोर्खा बु्रअरी प्रालि, जाउलाखेल ग्रुप अफ इन्टष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.