www.tandavnews.com
Fact ~ In search of truth

योजना सपना होइन, सफल होस

सम्पादकीय,

सरकारको योजना बनाउँछ, जनतालाई सपना पनि देखाउँछ । तर, त्यो सपना पूरा भएकै हुँदैन भयो भने पनि निकै लामो समय पछि । देश संघीयमा गएपछि प्रदेश सरकारले पनि आफ्नो क्षेत्रलाई कस्तो बनाउने भन्ने बारे योजना बनाउने काम सुरु गर्न थालेको छ । गण्डकी प्रदेशले पनि यसको लागि दुई दिने नीति तथा योजना आयोग विज्ञ र सरोकारवालसँग कार्यशाला गरेको छ ।

कार्यशालाबाट पुस महिनाभरि गण्डकी प्रदेशका जिल्लामा पुगेर छलफल गर्ने, माघमा अवधारणपत्र बनाउने र त्यसपछि प्रदेश विकास परिषदमा छलफल गरी आवधिक योजना चैतमा तयार पार्नेछ । नीति तथा कार्यक्रममार्फत ल्याएको महत्वकांक्षी लक्ष्य पूरा गर्न नसक्दा सरकारले यस्तो योजना बनाउन लागेको हो ।

Batas

गण्डकी प्रदेश सरकारले ५ वर्षमा प्रतिव्यक्ति आय १ हजार २१ बाट २ हजार ५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । यो अवधिमा ७ प्रतिशत गरिबी झार्ने, हरेक वर्ष ८ प्रतिशतका दरले आय बृद्धि गर्ने नीति सरकारले राखेको छ । सरकार तयार भएको लामो समय पुग्दा पनि अपेक्षीत काम गर्न नसक्दा योजना बनाएरै काम अगाडि थालेको हो । ५ वर्षभित्र काम र कार्यान्वय पूरा गर्नको लागि प्रदेश सरकारले आवधिक योजना बनाउन लागेको हो ।

गण्डकी प्रदेश पर्यटनको समृद्धिको रुपमा लिइन्छ । यसको लागि २०२२ सम्म यस प्रदेशले २० लाख पर्यटक भित्राउने त भनेकै छ । तर अहिले सरदरमात्रामा स्वदेशी तथा विदेशी पर्यटक मात्र आइरहेका छन् । प्रदेशले तयार पारेको तथ्यांकअनुसार पर्यटनमा मात्र नभई आर्थिक तथा प्राविधि हिसावले पनि ११ हजार ९ सय ३० मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता राख्छ । गण्डकी प्रदेशमा अहिलेको भन्दा विजुली खपत ५ गुणा बढाउने, उत्पादनमा दोब्बर बनाउने योजना बनाएको छ ।

प्रदेश सरकारले बनाउन लागेको आवधिक योजना मर्मअनुसारको हुनुपर्ने धारणा धेरैको छ । पर्यटन, उर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको बाटो लैजानको लागि प्रदेश सरकारले योजनामात्र बनाएर जनतालाई आसको झिल्को देखाएर हुँदैन् । एक वर्षसम्म पनि कुनै कार्य पूरा नहुँदा जनतामाझ एक किसिमको तुसारोपना उत्पन्न भएको छ ।

जनताले विकास खोजेका छन् अब निकास दिने पालो स्थानीय तह र प्रदेश सरकारको हो । चैतबाट हुने भनिएको आवधिक योजना बनाउने कार्यलाई निरन्तरता पाओस् र छिट्टै यो प्रदेशले नयाँ स्वरुपको काँचुली फेरास् । जनता विकासको लागि कराउने तर स्थानीय तहका पुगेका जनप्रतिनिधिहरु काम हुँदैछ भन्ने परम्परा चल्दै आइरहेको छ । ‘काग कराउँछ, पिना सुक्दै जान्छ’ भनेजस्तो नहोस् । जनता यही भन्छन् । बनाएका योजना देखाउनको लागि मात्र सम्पन्न गर्ने होइन सफल पनि हुन जरुरी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.