www.tandavnews.com
Fact ~ In search of truth

२७ फोटोमा हेरौँ , सुरु भयो स्ट्रिट फेस्टिभल

 

पोखरा ,
ताण्डव न्यूज ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि आयोजना गरिएको स्ट्रिट फेस्टिभल आज शुक्रबार देखि शुरु भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा आयोजित फेस्टिभल आगामी १७ गतेसम्म लेकसाइडमा चल्नेछ ।
यो २० औं संस्करणको सडक महोत्सव हो ।

महोत्सव शहिद चोक देखि खहरे, डिहिको पाटनसम्मको झण्डैं ३ किमि दुरीमा हुनेछ । महोत्सवले पर्यटकीय चहलपहल बढाउनुको साथै लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामिण भेगमा उत्पादित सामग्रीहरुको विक्रीलाई प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ ।

फेस्टिवलमा अन्तर्रािष्ट्रय सांस्कृतिक कार्यक्रमको समेत प्रदर्शन गरिनेछ ।महोत्सवमो जापानि, चिन, कोरियन र इन्डियनका कलाकारहरुको सांस्कृतिक प्रस्तुति मुख्य आर्कषणमा रहने आयोजकले जनाएको छ ।

फेस्टिवलमा मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, पपुलर आर्टिस्टहरुको लाइभ कन्सर्ट एवं लाइभ दोहोरी आर्कषणको रुपमा रहने छन् ।
आज देखि लेकसाइडका सडकमै होटल तथा रेष्टुरेण्टहरुको राष्ट्रिय तथा अन्तर्रािष्ट्रय परिकारका स्वाद लिन पाइनेछ ।

हेराैँ  माधव भुसालले कैद गरेका केही तस्विरहरु :

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.