www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हत्या आरोपी बाउ, छोरा र काका पक्राउ !

पोखरा
ताण्डव न्यूज ।
कास्की प्रहरीले पर्वत देउपुरका दिलबहादुर सार्की (७३) को हत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको छ । हत्यापछि मानसिक सन्तुलन समेत ठिक नभएका दिलबहादुरको पुस ९ गते पहिचान हुन नसक्ने अबस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा फालिएको थियो । अघिल्लो सातामात्रै उक्त शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्यामा संलग्न रहेको आशंकामा निमबहादुर सार्की, उनका भाई लालसिंह र निमबहाुरका छोरा बुद्धिमानलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका तिनै जनाले रक्सी खुवाएर कुटपिट गरि दिलबहादुरको हत्या गरी मोदीको पुलबाट खसालेको प्रहरीको अनुसन्धानमा बयान दिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

‘रक्सी खुवाएछन्, त्यत्तिकै विवाद भएछ,’ रानाले भने, ‘विवादपछि बुद्धिबहादुरले सुरुमा कुटेछ पछि सबै मिलेर कुटेछन् र मारेछन् । कसैले थाहा नपाओस भनेर उनीहरुले शवलाई पुलबाट नदिमा खसालेका रहेछन् ।’ गाउँलेले खोलामा शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले अन्नपूर्ण गाउँपालिकामा गरेको हरेक अनुसन्धानको काममा हत्यामा संलग्न बुद्धिबहादुरले सहयोग पनि गरेका थिए । उनै बुद्धिबहादुरले दिलबहादुरलाई पुलबाट खसाल्नेबेला पुलको रेलिङमा लागेको रगत माटोले पुछेको प्रहरी बयानमा बताएका छन् ।

Batas

फाेटाे स्राेत ः सामाजिक सञ्जाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.