www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवाग्राही भौतारिन बाध्य

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

प्रदेशकै ठूलो मानिने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवाग्राही भौतारिन बाध्य भएका छन् । जाँच्ने कक्ष कता ? भोतारिदै खोज्दाखाज्दै बृद्धबृद्धाहरुको दिन जान्छ ।

बिहीबार हातमा सेतो, रातो रिर्पाेट बोकेर रक्तचाप र सुगर जाचँ गर्ने हिडेकी एक बुद्ध जचाउने कक्ष खोज्दै भौतारिएकि थिइन् । ‘खै कस्लाई सोध्ने हो ? एक घण्टादखि खोजेको कोहि छैन, काहाँ जाने कस्लाई भन्ने हो ?’ टिकादेवी न्यौपानेले भाैतारिनु पर्दाकाे निराशा पाेखिन् ।

Batas

त्यस्तै आफ्नो श्रीमतीलाई लिएर आएका ८० बर्षीय देव बहादुर विकले पनि यस्तै समस्या सुनाए । मृगौलामा समस्या देखिएर अस्पताल ल्याएको विक भन्छन्, ‘रिपोर्ट लिन जा भन्छन् कता जाने पत्तो छैन,’ उनले भने, ‘सोधपुछ कक्षमा गयो कोहि हुदैँन, नयाँ ठाउँ सबै थाहाँ छैन गाह्रो भएको छ ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा सोधपुछ भनेर राखिपनि कोहि कर्मचारी नभएपछि सेवाग्राही मर्कामा परेको उनीहरु एक उदाहरण मात्र हुन् । करिब एक डेढ बर्षदेखि खोलिएको सोधपुछमा जहिले पनि यस्तै हालत हुने गरेको स्रोतले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्य संग गरिएको फोन वार्तालापमा उनले भने, ‘बिहान र दिउँसो मानिसहरुको आवजजावत बढी हुने भएकाले सोधपुछ कक्षमा हामिले दुई कर्मचारी राखेका छौ ।’

पश्चिमाञ्चलकै ठूलो हस्पिटलमा सेवाग्राहीहरुले सेवा नपाएको गुनासो गरिरहँदा आचार्यले सेवा प्रदान गरिरहेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.