www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा ७१ बर्षीय बृद्धा बलात्कृत

संजय रेग्मी 
पर्वत, ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँकी ७१ बर्षीय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षीय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

घरमा एक्लै बस्दै आएकी बृद्धालाई डर त्रास देखाई पटक–पटक जवरजस्ती करणी गरेको पीडितको आफन्तले प्रहरीमा उजुरी दिएपछि कुवँरलाई पक्राउ गरिएको हो। पक्राउ परेका कुवँरलाई जवरजस्ती करणी सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.