www.tandavnews.com
Fact ~ In search of truth

श्रमदानका लागि ‘एक घर : एक व्यक्ति’

दमौली ।

तनहुँको भानु नगरपालिका–९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् ।

सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिए । उनले भने ,डकमा श्रमदान गर्नका लागि एक हप्तादेखि दैनिक ५००का दरले स्थानीयवासीले श्रमदान गरिरहेका छन् । प्रत्येक घरबाट एकजना अनिवार्य गरिएको छ ।”

उक्त मोटरबाटो स्तरोन्नतिका लागि भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा ५० लाख विनियोजन गरेको थियो । उक्त नगरपालिका–७ स्थित थानीसम्म जोडिने सो बाटो साढे नौ किमी लामो छ । चालु आर्थिक वर्षमा दुईसय मिटर पक्की नालीसहित उक्त बाटो ग्राभेल गर्ने योजना रहेको अध्यक्ष कडरियाले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.