पोखरा
ताण्डव न्यूज ।
दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले प्रदेशसभा सदस्यकाे शपथ लिएका छन्।
प्रदेशसभाकाे कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई अाज (सोमबार) शपथ गराएका हुन्। गत पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक-पटक छलफल गर्दै आएका थिए।

गुरुङ प्रदेशसभामा मनाङ ‘ख’ बाट निर्वाचित भए पनि ज्यान मुद्दामा जेल चलान भएपछि उनले सपथ खान पाएका थिएनन्।
सबै तस्विर : माधव भुसाल / ताण्डव न्यूज
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.