www.tandavnews.com
Fact ~ In search of truth

आयोगका नियुक्तिमा त्रुटी भएको छैन :अध्यक्ष तिमिल्सिना

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सम्बैधानिक आयोगका पदाधिकारी नियुक्तीमा परिषदले कुनै त्रुटी नगरेको बताएका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानिय तहको समिक्षा गोष्ठीमा बोल्दै अध्यक्ष तिमिल्सीनाले संबैधानिक आयोगका पदाधिकारी नियुक्ती गर्दा सबै प्रकृया पुरा भएका कारण कुनै त्रुटी नभएको स्पष्ट पारेका हुन् ।

संबैधानिक परिषदको बैठकमा सहमतिका प्रयास लामो समय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनैतिक रुपमा धेरै सहमतिको प्रयासपछि सम्बैधानिक आयोगको रिक्त पदाधिकारीहरु नियुक्त भएको भनाई अध्यक्ष तिमिल्सीनाको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा सरकारले प्राकृतिक तथा बित्त आयोगको प्रमुखमा बालानन्द पौडेल, समाबेशी आयोगमा शान्तराज सुबेदी, मधेशी आयोगमा बिजयकुमार दत्त, थारु आयोगमा बिष्णुराम चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई नियुक्त गरेको थियो। उक्त नियुक्ती प्रति नेपाली कांग्रेसले असहमति राख्दै आएको छ ।

संबैधानिक परिषदका सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले प्रमुख प्रतिपक्षी दलको नेता अनिवार्य रुपमा उपस्थित हुन नपर्ने सम्बैधानिक ब्यबस्था रहेको र सहमतिको प्रयास गर्दा र बैठकमा खबर गर्दा अनुपस्थित भएपछि बाध्य भएर निर्णयमा पुगेको दाबी गरे। उनले अझै केही आयोगहरुमा पदाधिकारी तथा अन्य आयोगमा सदस्य नियुक्ती गर्न बाँकी रहेका कारण सहमतिको संभावना रहेको उल्लेख गरे ।

अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले संघीय संसदको चालु हिउँदे अधिबेशनबाट स्थानिय तहका लागि आवश्यक सबै ऐन बन्ने आश्वासन दिदै त्यसपछि कामको गति बढाउन स्थानिय तहलाई आग्रह गरे । उनले स्थानिय तहले आवधिक र दिर्घकालिन गूरुयोजना बनाएर अघि बढ्न सुझाब दिदै त्यसका आधारमा संघ र प्रदेश संग सहकार्य गर्दा धेरै राम्रा उपलब्धी हासिल गर्न सकिने सुझाब पनि दिएका छन ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री बिकास लम्सालले स्थानिय तहलाई सहयोग पुग्ने गरि प्रदेशले काम गरिरहेको बताउँदै समन्वय र सहकार्यका आधारमा धेरै काम गर्न सकिने बताए । प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वतमा अबको पाँच बर्षमा सोचे भन्दा धेरै काम गर्न सकिने उल्लेख गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.