www.tandavnews.com
Fact ~ In search of truth

अनपेड आर्टिकल

भर्खरै लेख्न सुरु गरेको समयमा नाम प्यारो लाग्थ्यो । हाम्रो जमानामा साथीहरूबाट अटोडायरीबाट नामको प्रवाह हुने गथ्र्यो । अटोग्राफमा केही नाम छद्मरूपी हुन्थे त केही नाम मात्रै सत्य । जेहोस् अटोडायरी घुमीफिरी आफू कहाँ आइपुग्दा चाहिँ रमाइलै हुन्थ्यो ।

नामको लालसाले धेरैलाई लेखक बनाउँछ सुरूआतमा । समय चक्रसँगै कति नामहरू गाढा बन्दै जान्छन् त कति नामहरू मोफसलमा पत्रिकासँगै हराउँछन् ।

पत्रिकामा नाम पढ्दा आउने आनन्द र देखेका कुरा लेख्ने रहरले मैले पनि केही अघिबाट लेख्न सिक्न थालेँ, अझै सिक्ने क्रममै छु । मोफसलको दैनिकीबाट लेखन सुरूवात गरेर मोफसलमै लेखिरहेको यसबेलासम्म मलाई सुरूवाती समयमा लेखिरहनेहरूकै सङ्गत गर्न मन लाग्थ्यो । उनीहरू विषयवस्तु कसरी छनौट गर्छन् ? विषयवस्तु कसरी अक्षरमा उर्ताछन् ? कति मेहनत र परिश्रम जोडिन्छ ? उनीहरूो दैनिकी कस्तो हुन्छ ? आदि इत्यादि बारे जानकारी उतार्न केही सङ्गतहरूले नै सहज बनायो ।

Batas

किताबका बेस्ट सेलरदेखि मोफसलका स्तम्भकारसम्म, प्रायःलाई एउटै चिन्ता देखिन्थ्यो । अर्कोको भन्दा मेरो अक्षर कसरी अब्बल बन्छ ? अरूभन्दा फरक मैले कसरी लेख्न सक्छु, सम्म । कुन मिडियाहाउसले कति ‘पे’ गर्छ देखि कुन सम्पादकले तपाईँको सामग्री पेन्डिङमा राख्छ ? अथवा इन्करेज गर्छ सम्मका जान्न पाइन्थ्यो । राम्रा विषय किन राष्ट्रिय पत्रिकामा मात्रै पढ्न पाइन्छ ? अथवा राष्ट्रिय सञ्चारमै पनि किन स्तम्भले निरन्तरता पाउँदैन ? यस्तै यस्तै बिषयमा बहस हुन्थे ।

प्रदेशहरूमा लेख्ने मान्छे नभएर भन्दा पनि लेख्ने मान्छेले निरन्तरता दिन नपाएर प्रायः पत्रिकाहरूले राष्ट्रिय पत्रिकाका विचारहरू साभार गर्नुपर्छ । विचार पृष्ठ समाचार जत्तिकै सशक्त हो ।

जसरी समाचारबाट पत्रिकाको गुणस्तरदेखि रिर्पोटर र सम्पादकको राजनीतिक चेतना मापन हुन्छ, त्यति नै मात्रामा विचार पृष्ठले भूमिका खेलिरहेको हुन्छ । मोफसलमा पत्रिका सङ्ख्या नै यति धेरै छन् कि जसले समाचार कक्षका व्यक्तिलाई नै समयमा ‘पे’ गर्न नसकिरहेको समयमा साजसज्जा अथवा साभार राखेर भर्न सक्ने पृष्ठको बारेमा सोच्न त असम्भव नै हुन्छ ।

अनलाइन पोर्टलको त झन् के कुरा ? एउटै लेखलाई थरिथरि शीर्षकमा पढ्ने वातावरण जुटाइदिन्छन् । केहीले त लेखककै नाम बदलेर आफ्नो अनलाइनको नाम दिई स्पेसल भनेर लेख्न भ्याउँछन् । साभार कहाँ र कसबाट भन्ने कुरा प्राथमिकतामा हुँदैन ।

विषयवस्तु बिकाउ हे¥यो शीर्षक बदल्यो र बुस्ट ग¥यो । लेखहरू लेखकले कति मथेर लेखेको छ भन्ने भन्दा कति भ्युज पायो भन्ने प्राथमिक बनिदिन्छ । आफ्नो सामग्री भाइरल भएको लेखकलाई नै पत्तो हुँदैन, न त त्यसमा साभार लेखिन्छ नत धन्यवादका शब्दहरू नै ।

केही मिडीयाहाउस राम्रै  ‘पे’ गर्नेहरू पनि छन् तर जे जति छन् ति एकदमै कम छन् । रहरले नाम छाप्न आउने हुन या निरन्तर लेख्ने हुन् । मिडिया हाउसले सबै अक्षरको कदर गर्न जरूरी छ । लेखन प्रोफेसनल हुन सके लेखहरूको स्तरियता पनि बढ्छ ।

केही समय अघि लेखक सरला गौतमले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । ‘१५ जना सम्पादकसँग काम गरेछु, विभिन्न बिषयमा लेखको लागि उत्साह दिने, समय र सल्लाह दिएर सहयोग गर्ने कतिजना हुनुहुन्छ भनी गम्दैछु, पारिश्रमिक सहित ।’ यसले धेरैलाई म-म बनायो होला पनि !

लेख्ने मान्छेहरू एलियन पनि होईनन् जसको दैनिकी सामान्य मान्छेको भन्दा भिन्न होस् । यही समाजमा उस्तै श्वास फेरेर उस्तै गास खाइरहेकाहरूलाई इन्करेज नगर्ने सम्पादक र समयमा पे नगर्ने मिडिया हाउसले बैराग बाहेक केही दिँदैन । बरू अल्छी बनाईदिन्छ, ‘ईत्नेमे इत्नाहि मिल्ता है साहब’ आशयका लेख जन्मिन्छन् । पाना त भरिएलान् गुदी बोक्दैनन् ति पानाहरूले ।

लेखन होस या फोटोग्राफी रहरले सुरू गरेको भएपनि पछि व्यवसायिक बनाउने आशयले नै सुरू गरिएका हुन्छन् । हामीकहाँ पारिश्रमिक र प्रोत्साहनबाहेक लेखन सम्बन्धी बहस कमै मात्रामा हुन्छ । बिषयवस्तु छान्न उस्तै सकस ।

त्यतीमात्रै नभएर पढ्नेहरूको प्रतिक्रियाले पनि लेखमा नयाँपन र फरकता थप्छ । अचेल अनलाईन पोर्टलले पाठक र लेख्नेहरूबीच भने निकटता ल्याईदिएको छ, प्रतिक्रिया तुरन्तै र सहजै पढ्न पाईन्छ ।

पत्रिकामा आउने ‘आगो ओकल्ने’ लेखहरूका लागि मिहेनत पर्छ । विचारपृष्ठ साभार राखेर प्रथमपृष्ठमा अधिकारका कुरा गरेको न सम्पादक सुहाउँछन् नत पत्रिकाहरू नै । मागेर, साभार गरेर, चोरेर जे गरेर होस् भरिएका पानाहरूले पत्रिकालाई सँधै ओज दिन सक्दैनन् । लेखक आफैले पनि आफूलाई सेन्सर गर्न आवश्यक छ ।

मन नलागी लेख्दा, फुर्सदमा लेख्दा र रहरले लेख्दाका भिन्नताहरू आफैलाई थाहा हुन्छ । गुदी नभएका सामाग्रीले पाठकलाई नै ईरिटेट गर्छन् । थोरै लेखियोस्, चाखलाग्दो लेखियोस् । लेखले थोरै बोलेनी बोलोस् तर केही त बोलोस् ।

[email protected]
Twitter : @farsumitra

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.