www.tandavnews.com
Fact ~ In search of truth

पिपलटारीका बासिन्दाले पाउने पिउने पानी

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

बर्षौँदेखि पिउने पानीको समस्यामा परेका पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका बासिन्दाको समस्या अब भने हट्ने भएको छ ।

साढे ६ लाख रुपैयाँको लगानीमा पिपलटारीमा लिफ्ट खानेपानी आयोजना शुरु भएपछि स्थानीयले भोग्दै आएको पानीको समस्या हट्ने भएको हो । सिल्मीमा रहेको छिपछिपे मुलको पानी टंकीमा संकलन गरि गाउँसम्म लिफ्ट मार्फत तान्ने तयारी स्वरुप हिजोबाट खानेपानी आयोजनाको औपचारिक निर्माण कार्य शुरु भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खानेपानी आयोजनाको शिलन्यास गरे । खानेपानी आयोजनाको शिलन्यास गर्दै तिमिल्सीनाले आयोजना निर्धारित समय अगावै सक्न निर्देशन दिएका छन् । आयोजना दुई वर्ष भित्रै सक्ने लक्ष्य छ । लक्ष्य भन्दा अगाडी नै आयोजना सम्पन्न गर्न निर्देशन दिदैँ अध्यक्ष तिमिल्सीनाले स्थानीयको खानेपानीको समस्या टार्न आयोजना सफल हुने बिश्वास ब्यक्त गरे । अध्यक्ष तिमिल्सीनाले नेपालमा कुनै पनि विकासका आयोजना समयमै पुरा नहुने समस्या बढ्दै गएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत आयोजना निर्माण हुन लागेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार आयोजनाबाट पिपलटारीका तीन सय परिवार लाभान्वित हुने छन । मुलदेखि १ हजार ९ सय ८० मिटर माथि रहेको बस्तीसम्म पानी पुर्याउन ३ वटा टंकी निर्माण गरिने छ । दुई स्टेजमा पानी पम्प गरेर गाउँसम्म पुर्याउन थालिएको डोटेलले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.