www.tandavnews.com
Fact ~ In search of truth

प्रवासी पुनले जोडिदिए ४ सि.सि. क्यामेरा

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

रोजगारीको शिलशिलामा विदेशमा रहेका पर्वतका एक यूवाले आफ्नो गाउँलाई सुरक्षित बनाउन भन्दै सि.सि. क्यामेरा जडान गरिदिएका छन् । जिल्लाको जलजला गाउँपालिकामा घर भई अहिले अष्ट्रेलियामा रहेका तुलबहादुर पुनले ४ ओटा सि.सि. क्यामेराहरु जडान गरिदिएका हुन् ।

उनले जलजला गाउँपालिकाकै मिलनचोकमा ३ ओटा र मोहनचोकमा एउटा क्यामेरा जडान गरिदिएका हुन् । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि प्रहरीलाई सघाउन पुनले क्यामेरा जडान गरेका हुन् । सिसिटिभी र पावर ब्याकअप खरिद तथा जडानका लागि पुनले एक लाख चालीस हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

Batas

सिसिटभी क्यामेराको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गरे । अध्यक्ष मल्लले सहयोगदातालाई धन्यवाद दिदै गाउँपालिकाको बजार क्षेत्रको सुरक्षाका लागि थप सिसिटिभी क्यामेरा जडानको आवश्यकता महशुस गरिएको बताउँदै अपराध, विकृती, दुर्घटन न्युनीकरणका लागि समुदाय, स्थानीय सरकार र समुदायबीच सहकार्यमा जोड दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.