www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा सस्तो बजार सञ्चालन गर्ने कम्पनीका गुण्डा नाइके राजु गोर्खाली पक्राउ

पोखरा
ताण्डव न्यूज ।

गुण्डा नाइके राजु गोर्खाली नामले परिचित राजेन्द्र गोर्खाली पक्राउ परेका छन् । गुण्डा नाइके गोर्खाली काठमाडौँको नयाँ बानश्वरबाट पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Batas

गोर्खालीकै सुर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीले पोखरामा सस्तो बजार सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले महानगरको भवन आचारसंहितालाई धज्जी उडाउँदै पृथ्वीचोकमा पोखरामा सस्तो बजार निर्माण गरेको हो ।

औपचारिक रुपमा फागुन १३ गतेदेखि सञ्चालनमा आएको सस्तो बजारको चौतर्फी विरोध भएपनि महानगरपालिका भने अझैसम्म मौन छ । पोखरामा गुन्डा नाइके राजुको दाँहिने हात भनेर चिनिने युवराज खतिवडालाई पटक– पटक महानगरपालिकाबाट पत्र पठाएपनि कानुनी दायरामा आउने काम अझै सम्म भएको छैन ।

यो पनि पढ्नुहोस्

गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.