पोखरा ।
स्याङ्जा वालिङको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष वासुदेब पौडेलको अध्यक्षतामा भएको सभाले संस्थाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रदिवेदनहरु उपर छलफल गरि सामान्य एवं विशेष प्रस्तावहरु पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बोहोराले बताए ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको दश करोडको आठ प्रतिशतका दरले हुने बोनस शेयर तथा नगद लाभांश गरि कुल ८४ लाख २१ हजार ५३ रुपैयाँ मात्र बोनस शेयर तथा नगद लाभांश (कर प्रयोजन) पारित गरेको छ भने उक्त बोनस शेयर पश्चात कायम रहने चुक्ता पुँजीको पचहत्तर प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र सोहि अनुसार जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पूँजी १८ करोड ९० लाख पुग्ने बताइएको छ ।
सभाले आगामी चारवर्षको लागि संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको चयन गरेको छ । नवौं साधारण सभाले सञ्चालकमा नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ, कृष्णकाजी के.सी. र कृष्ण खाणलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचन पश्चात सञ्चालक समितिको तर्फबाट आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा कृष्ण खाणलाई अध्यक्ष पदमा चयन गरेको छ ।

कालिका लघुवित्तले पौष मसान्त सम्ममा अधिराज्यका २५ जिल्लामा ७० वटा शाखा विस्तार सहित ३३ हजार सदस्यबाट ६० करोड निक्षेप संकलन गरि कुल १ अर्ब ५३ करोड कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बोहोराले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.