www.tandavnews.com
Fact ~ In search of truth

मनकारी नेता पौडेल : बिचल्लीमा परेका ३ बालकलाई जग्गा दान

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारी छेउखन्नका ३ जना दाजुभाईलाई एक समाजसेवी तथा नेताले झण्डै ६ लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका छन् । कटुवाचौपारीकै स्थानीयबासी तथा नेपाली काँग्रेसका नेता राम शर्मा पौडेलले उक्त सहयोग गरेका हुन् ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको पहलमा पौेडलले छेउखन्नमा नै रहेको जग्गा प्रजिअ पौडेलको उपस्थितिमा उनीहरुलाई प्रदान गरेका हुन् । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका तीन दलित समुदायका बालकहरु बिशाल परियार, बिवेक दर्जी र बिश्वास परियारले अब ५ आना घडेरी पाएका छन् । बाबु आमा नहुँदा सहारा बिहीन भएका उनीहरुलाई प्रजिअ ढकाल र दानबीर पौडेलले संयुक्त रुपमा लालपुर्जा हस्तान्तत्रण गरेका छन् ।

Batas

तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आएको प्रजिअ ढकालले बताए । यस्तै जग्गदाता पौडेलले पनि बच्चाहरुको अवस्था निकै दयनीय रहेका कारण आँपूmले जग्गा दिएर सहयोग गरेको जानकारी दिए । तत्कालिन जिल्ला बिकास समितिका उपसभापति रहेका राम शर्मा पौडेलले झण्डै ६ लाख रुपैयाँ पर्ने अनुमान गरीएको जग्गा १ लाख रुपैयाँ लिएर ५ लाख रुपैयाँ छोडिएका छन् । घडेरी किन्नका लागि प्राबिधीक क्षेत्रमा काम गर्ने २४ जना युवाहरुले एक लाख रुपैंया संकलन गरेका थिए ।

०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन् । देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् । जग्गाको लालपुर्जा लिदाँ खुसीले रोएकी हजुर आमा गौमती परियारले अब टुहुराले सहारा पाएको बताईन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.