www.tandavnews.com
Fact ~ In search of truth

सत्याकृत ब्यान्ड अष्ट्रेलिया हुदैँ पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

नेपालको पहिलो आध्यान्मीक साङ्गितिक ब्यान्ड सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुती राख्ने भएको छ ।

अष्ट्रेलियामा रहेको ‘हाम्रो नेपाली पाठशाला ’ले आयोजना गर्ने कार्यक्रममा सत्याकृत ब्यान्डले आफ्नो विशेष प्रस्तुती दिने भएको छ । सरस्वती पुजाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सत्याकृत ब्यान्डलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको हो ।

Batas

सत्याकृतले अष्ट्रेलियाबाट फर्केपछि पोख्रेली संङ्गित पारखीहरुलाई पनि संङ्गितमा झुमाउने भएको छ । शिवरात्रीको दिन लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री साङ्गितिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुती राख्ने भएको हो ।

सङ्गित मार्फत सत्यको सन्देश बाड्दै आएको र समाजमा भएको विकृति र विसङ्गतिहरुलाई सकरात्मकता तिर रुपान्तरण गर्दै भएको ब्यान्डका अध्यक्ष विजय गौतमले बताए ।

हाम्रो धर्म ,संस्कृति र वैदिक परम्पराहरु नेपाललाई विश्वसामु चिनाउनका लागि पर्याप्त छ भन्ने सन्देशका साथ यहि फाल्गुन २० गते शिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको साँङ्गितिक उत्सवमा अरु नेपालका वरिष्ठ कलाकार र व्यक्तित्वहरुको प्रस्तुती र उपस्थिती रहने छ । यस कार्यक्रमको प्रत्यक्ष प्रसारण एपीवन टेलीभिजन बाट गरिने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.