www.tandavnews.com
Fact ~ In search of truth

ओमको बित्तीय साक्षरता कार्यक्रम

पोखरा ।

पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुंमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मा.वि.,एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।

मेरिट पोखराका सदस्यद्धय स्वीकृती अधिकारी र अनुषा बरालद्धारा सञ्चालित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसंग सम्बन्धित बिबिध विषयमा प्रकाश पारेको बताइएको छ । सो अवसरमा बैंकवाट हुने कर्जा प्रवाह,नगदको सुरक्षा,बचत लगायत बिषयमा पनि विद्यार्थीहरुलाई स्पष्ट पारिएको थियो ।

Batas

यसैगरी बैंकले खैरेनीटार मा.वि. तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत बिधार्थीहरुका माझ पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका प्रधानाध्यापक केशव राज घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउदै विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.