www.tandavnews.com
Fact ~ In search of truth

‘लुट्न सके लुट’ हटेपछि के भन्छन् कलाकार ?

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

गत शुक्रबार साँझ लोकप्रिय गायक पशुपति शर्माले एउटा व्यग्य गीत आफ्नै युटुवमा सार्वजानिक गरे । ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले सार्वजानिक भएको एक दिन पूरा नहुँदै चर्चा सँगै विवादमा पनि आयो । गीतलाई सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युवबाट शनिबार शर्माले हटाउन बाध्य भए ।

आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको उल्लेख गर्दै उनले फेसबुक स्टाटस लेखेर हटाएको जानकारी दिए ।

Batas

शर्माले हतारमा निर्णय गरेको हो या कसैको दबाबमा गीत हटाइएको हो भन्ने बारे खुलस्त गराएका छैनन् । गीतलाई पुन : परिमार्जन गरेर सार्वजनिक गर्ने जानकारी दिएका छन् । पशुपतिको आफ्नो अकाउन्टबाट हटाए पनि गीतका फ्यानहरूले विभिन्न युट्युब पेजमा यो गीत अपलोड गरेका छन् भने फेसबुक र ट्वीटरमा समेत यो गीत पुनः अपलोड र सेयर समेत गरेका छन् । उनले युटुवबाट हटाएपछि उनको गीतको बारेमा धेरैले फेसबुकमा आआफ्नै धारणा पोस्ट गरेका छन् । कतिले गीत हटाउन नहुने प्रतिक्रिया दिएका छन् भने कतिले सरकारलाई गाली समेत गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष समेत रहेका शर्मासँग ‘गाह्रो हुन्छ फेरी’ नामक गीतमा सहकार्य गरेकी मन्जु पौडेलले गीत हटाउन पर्ने खालको नभएको सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘खै हामी कुन संसारमा छौ । यो त राणा शासन भन्दा केहि फरक भएन । कलाकार एउटा समाज परिवर्तनको सम्बाहक हो बास्तबमा देखेको कुरा लयात्मक सैलीमा सम्प्रेषण गर्न कलाकारको दायित्व पनि हो मैले पशुपति शर्मालाई नजिक बाट चिन्छु ,उसमा कसै पर्ती पनि राजनीतिक आग्रह पुर्बआग्रह छैन ,उस्ले सधै जनता कै कलाकार भएर गीत गाउछ तर यो गीतमा केही कमजोरी भए होलान ,नियत बस होइन र केही अन लाईनले सम्माननिय रास्ट्रपति सङ फोटो सफ्ट गरेर समाचार बनाइनु गलत हो । गीतले भन्न खोजेको आसय गलत होइन त्यसैले गीत लाई नै ब्याड गर्नु पर्ने जस्तो मलाई लाग्दैन , एउटा रास्ट्रको सम्मानित कलाकारलाई अनेक अपसब्दहरु प्रयोग गरेरअतिरन्जीत नगरियोस यस्ता सब्दले हामी सम्पूर्ण कलाकारलाई पीडा महसुस भएको छ ।’

सोही गीत हटेपछि हास्यकलाकार दीपकराज गिरीले सरकारसमक्ष व्यंग्य गर्दै लेखेका छन्, ‘ लुटन सम्म लुट कान्छा, लुट्न सम्म लुट, धेरै बोले कारबाहि हुन्छ चुपलागेर सुत ।’

गायक चोलेन्द्र पौडेलले कलाकारको सिर्जना मारेर नमोर्ने भन्दै सरकारलाई चेतना हुनुपर्ने स्टाटसबाट सुझाएका छन् । उनले देशमा मौलाउदै गएको भ्रष्टाचार र भ्रष्टहरुलाई गतिलो व्यंग्यात्मक झापड हानेको हुँदा सिर्जना गर्ने पशुपति शर्मालाई सलाम दिएका छन् ।

गायक सुरेन्द्र गुरुङले गीत हटाएपछि विवादमा नरहन आग्रह गरेका छन् । उनले कलाकार सबैको साझा बन्नुपर्ने भन्दै विवादबाट टाढा रहनुपर्ने लेखेका छन् ।

पशुपतिलाई राजनीतिक पक्ष विपक्ष विभाजित गर्नु गलत रहेको लोकदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष ब्रदी प्रंगेनीले पोस्ट गरेका छन् । तर उनले पोस्ट गरेको स्टाटस केही समयपछि आफ्नो टाइमलाइनबाट हटाएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.