www.tandavnews.com
Fact ~ In search of truth

आज साउनको पहिलो सोमबार, पोखरामा बोलबम यात्रा हुने

काठमाडौं।

आज साउन महिनाको पहिलो सोमबार, आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्माबलम्बी विशेषगरी महिलाहरुले नजिकका नदी तथा तलाउमा गई स्नान गर्ने र शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ। महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन्।

सोमबारदेखि नै देशका विभिन्न स्थानमा बोलबम यात्रासमेत सुरु भएको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर, चितवनको देवघाटधाम तथा अन्य शिव मन्दिरहरुमा बोलबम मेला भर्नका लागि नेपाल तथा छिमेकी भारतका विभिन्न स्थानका धर्मावलम्बीहरुको घुइँचो लागेको छ। आज पोखरामा पनि बोलबम यात्रा हुदैँछ ।

Lama collectio News Middle

पोखराको गाईघाटबाट जल लिएर भजनकिर्तन सहित भतmजन खाली खुट्टा हिडेर पोखरा परिक्रमा गरि केदारेश्वर मन्दिरमा पुगी शिवलिङ्गमा दुध चढाउने गर्छन । आज केदारेश्वर मन्दिरमा भतmजनको भिड लाग्ने गर्छ । पोखराका सबै शिवमन्दिरमा बिहानै देखि भतmजनको भिड लागेको छ ।

बोलबम मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोष तथा देवघाटको क्षेत्र विकास समितिले सबै तयारी पूरा भएको जनाएको छ। विशेषगरी भक्तजनको चापलाई मध्यनजर गर्दै लाइनमा बसेर पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधाना गर्ने व्यवस्था मिलाइएको छ।

उता देवघाट प्रवेश गर्ने दुवै क्षेत्र आँपटारी र रामनगरमा आवतजावतका लागि सडक यातायात सहज बनाइएको छ। देवघाको वेणीमा पुग्न पुलको प्रयोग गर्दा लाइनमा बसेर सोतर्फ जाने व्यवस्था मिलाइएको छ।त्रिशुलीमा पानीको बहाव तेज भएकोले यो समय डुंगाको प्रयोग सहज मानिँदैन। त्यसकारण पनि देवघाटको वेणी क्षेत्र पुग्न झोलुंगे पुलमा पुग्न एक पटकमा सीमित व्यक्तिलाई मात्रै आवातजावत गर्ने व्यवस्था मिलाइएको छ।

यस पटक साउन महिनामा ४ वटा सोमबार परेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery