www.tandavnews.com
Fact ~ In search of truth

निशानको ‘किक्स’ गाडी अब पोखरामा

पोखरा ,
ताण्डव न्यूज ।
प्रिमियम मोटर्स प्रालिले उत्कृष्ट गाडी ‘किक्स’ पोखरा भिœयाएको छ । निशान ब्राण्डका गाडीहरुका लागि गण्डकी प्रदे्शको आधिकारिक बिक्रेता कम्पनी प्रिमियम मोर्टसले आजदेखि विशेष सुविधा सहितको गाडी किक्स बजारमा ल्याएको हो ।
निशानको नयाँ गाडी किक्सको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अनावरण गरे । आरामदायी र स्टाइलिष्ट गाडीको इन्ट्री लेभलको मुल्य ४७ लाख ९९ सय हजार रहेको छ भने टप लेभलको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एलइडी प्रोजेक्टरको हेड ल्याम्प,अटोमेटिक क्लाइमेट कन्ट्रोल ,कुल र इलुमिनेटेड ग्लोभ बक्स ,क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन,गाडी स्टार्टको लागी साँचो नचाहिने स्मार्ट कार्ड ,चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुइवटा एयर ब्याग र ईबीडी र बीए सहितको एबीएस गाडिको विशेषताहरु हुन् ।

विश्वस्तरीय नयाँ सवारी साधान नेपाली उपभोक्ता सामु ल्याउन पाएकोमा प्रा.लिका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले खुशी व्यक्त गरे । प्रिमियम मोर्टस प्रालि निशान मोटर कम्पनी जापानको नेपालका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता कम्पनी हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.