www.tandavnews.com
Fact ~ In search of truth

ऐम्पायरका कर्मचारीले वृद्धाश्रमलाई गरे सहयोग

पोखरा ,
ताण्डव न्यूज ।

ऐम्पायर एजुकेशन एण्ड भिजा सर्भिसेसले वृद्धा आश्रममा रहेका वृद्धवृद्धालाई आर्थिक सहयोग गरेको छ ।

पोखरा –१७ स्थित सिता पाईलामा रहेको पोखरा वृद्धाश्रममा सर्भिसेसले सहयोग गरेको हो । ऐम्पायरका कर्मचारीहरुले आ –आफ्नो मासिक तलब जम्मा गरि वृद्धाश्रमका लागी आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।
खान पुगोस् , दिन पुगोस भन्ने नारासहित उनीहरुले ७५ जना वृद्धवृद्धालाई औषधी र नगद रकम पनि सहयोग गरेका छन् ।

Batas

पोखरा महेन्द्रपुलमा रहेको मोबाइल टवरको विल्डिङमा रहेको सर्भिसेसले अष्टे«लिया पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिदैँ आइरहेको छ । एम्पायरका प्रबन्ध निर्देशक प्रिया थापाले सर्भिसेस सामाजिक रुपमा सक्रिय रहेको बताउँदैँ आउने दिनहरुमा पनि सामाजिक क्रियाकलापमा संलग्न हुने प्रतिवद्धता व्यक्त गरिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.