www.tandavnews.com
Fact ~ In search of truth

शिवरात्रीको दिन पोखरामा सत्याकृतको प्रस्तुती

पोखरा ,

ताण्डव न्यूज ।

महाशिवरात्रीको अवसरमा पोखरामा आयोजना हुने महाशिवरात्री सांगीतीक कार्यक्रममा सत्याकृत ब्याण्डले विशेष प्रस्तुती राख्ने भएको छ ।

Batas

यहि फागुन २० गते महाशिवरात्रीको अवसरमा हुन लागेको कार्यक्रममा ‘हाम्रो संस्कृति हाम्रो परम्परा राष्ट्रको गौरव पर्यटनको आधार ’भन्ने नारासहिते ब्याण्ड सत्याकृतले पोखराका संगीत पारखीमाझ प्रस्तुती राख्ने भएको हो ।

हल्लनचोक लेकसाइडमा आयोजना हुने कार्यक्रमको प्रदेश प्रमुख बाबुराम कुवँरले उद्घाटन गर्ने पत्ररकार सम्मेलन मार्फत जानकारी दिइयो ।कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवन टेलिभिजनले गर्नेछ ।

एभिया क्लबको सहयोगमा कार्यक्रमको सुरुमा अल्ट्रालाइट मार्फत पुष्पवृष्टी गरिने छ । कार्यक्रम सञ्चालन नेपालका चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले गर्नै छन् । साथै कार्यक्रममा विदेशबाट आएका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।नेपालको मौलिक परम्परा संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरक्षण गर्न र समाजमा शान्ती र सद्भाव कायम गरि नेपाललाई विश्वसामु चिनाउने उद्धेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सत्याकृत फाउण्डेसन आफ्ना लागि मात्र नभएर नेपालको परम्परा, संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरुक्षण गर्ने र समाजमा शान्ति र सद्भाव कायम गरि विश्वसामू चिनाउने महान उद्धेश्यले स्थापना भएको हो ।

गीत, संगीत लगायत विभिन्न सामाजिक क्रियाकलापद्धारा सम्पुर्ण विश्व समाजलाई नैतिक तथा आत्मीय जागरणको मार्गमा डोर्याउने अठोट र संकल्पका साथ स्थापित यो संस्था २०७३मा स्थापना भएको हो ।रक म्यूजिकमा विशुद्ध आध्यात्मीक र सात्वीक कार्यक्रम सत्याकृतको विशेषता हो ।

नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत ब्याण्ड’ हो । नैतिक मूल्य मान्यतामा आधारित प्रेरणादायी , सकारात्मक भाव सहितका शब्द संयोजन गरि सत्यको गितहरु पुर्वेली पश्मिेली शैलीका गायनका साथै वाध्यवादनहरुमा समिश्रीत गरेर गीत, भजन बनाएर प्रस्तुत गर्ने काम सत्याकृत ब्याण्डले गरेको छ ।

विगत केही वर्षदेखि यस ब्याण्डले नेपालभित्रका मुख्य शहर धरान, इटहरी, सर्लाही, विराटनगर नारायणगढ, खाडीचौर, चरिकोट, पोखरा दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुती दिइसकेको छ । भने नेपाल बाहीर दार्जलिङका विभिन्न स्थानहरु, अष्ट्रेलियामा र दुबईमा समेत आफ्नो प्रस्तुती देखाइसकेको छ ।

सम्पुर्ण विश्वमानवमा आत्मीक सकारात्मक प्रेम र शान्तीको उर्जा जागृत गर्ने गराउने हेतुले विभिन्न समुदाय सम्प्रदाय र धर्ममा मान्यता भन्दा माथी उठेर सम्पुर्ण ब्यक्तिहरुलाई प्रेमको धारबाट विश्वशान्तीको लागि अभिप्रेरित गराउने उद्धेश्य सत्याकृत ब्याण्डले बोकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.