www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको अन्तिम दाहासस्कार पोखरामा हुने

पाेखरा

ताण्डव न्यूज 

ताप्लेजुङकाे पहाडमा हेलीकाेप्टर ठाेक्कीएर अन्य सात जनासँगै  ज्यान गुमाएका पाेखरेली नेता तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीकाे अन्तिम दाहसंस्कार पाेखरामै गरिने भएकाे छ । अन्त्यष्टि भने शुक्रबार पाेखराकाे रामघाटमा गरिने पारिवारिक स्राेतले बतायाे ।

Batas

बिहीबार टिचिङ काठमाडाैँमा पाेस्टमार्टम पछि नेकपाको केन्द्रीय कार्यालयमा रबिन्द्रकाे शवमाथि  पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । त्यसपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय गरिसकेकाे छ । गृहकाे जानकारी अनुसार  कार्यकर्तासँगै शुभचिन्तका लागि  काठमाडाैँ राखेर अधिकारीकाे शव पाेखरामा ल्याइनेछ ।

बिहिबार समय भएसम्म बिहिबार नै उनकाे शव पाेखरा ल्याउने तयारी भएकाे नेकपा स्राेतले जनायाे । पाेखरा ल्याएसँगै उनकाे शव दर्शनी केन्द्र, सभागृह वा रंगशाला मध्ये एक ठाउँमा श्रद्धाञ्जलीका लागि राखिने नेकपाले बताएकाे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.