www.tandavnews.com
Fact ~ In search of truth

श्रद्धाञ्जलीको कार्यक्रम भोली विहान ८ बजे मात्रै

पोखरा

ताण्डव न्यूज

अधिकारीको श्रद्धान्जली कार्यक्रम भोली विहान आठ बजे हुने भएको छ ।
पोष्टमार्टममा भएको ढिलाइका कारण पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको लागि पूर्व निर्धारित श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो ।

Batas
machhapuchre
madi

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्रीसहितका व्यक्तित्वप्रति श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहान ८–११ बजेसम्म हुनेछ ।’

यसअघि नेकपा सचिवालय बैठकले आज ३ बजे श्रद्धाञ्जलिका लागि टुँडिखेल जान सबैलाई अनुरोध गरेको थियो ।
अहिले सम्म मन्त्री अधिकारी र उनका अंग रक्षक अर्जुन घिमिरेको मात्र शव पहिचान भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.