www.tandavnews.com
Fact ~ In search of truth

यस वर्ष पनि आहा ! राराको उपाधी थ्री-स्टारलाई, आर्मी उपविजेतामै सिमित

पोखरा
ताण्डव न्यूज

पोखरामा जारी मोफेसलकै सर्वाधिक चर्चित १७ औँ संस्करणको आहा रारा गोल्ड कपको उपाधी यस वर्ष पनि थ्री स्टारले हात पारेको छ ।

विभागिय टिम त्रिभूवन आर्मीलाई सडन डेथमा ५–४ को नतिजाले पन्छाउँदै थ्रीस्टारले पाचौँ पटक उपाधी चुमेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । उक्त अतिरिक्त समयमा पनि दुबै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबरेकरमा धकेलिएको थियो ।

Batas

ट्राइबरेकरमा आफ्नो पक्षमा जित हातपार्दै थ्रीस्टारले आठ लाख पायो भने आर्मीले चार लाखमा चित्त बुझायो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.