www.tandavnews.com
Fact ~ In search of truth

१२ बुँदामा सांसद तिलक महतको १२ महिना

नवलपुर
ताण्डव न्यूज ।

नवलपुर क्षेत्र नं २बाट तिलक महत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको एक वर्ष पुग्यो । फागुन २१ गते सपथ लिएका महतले आफुले १२ महिनाको अवधिमा गरेका कामहरु १२ बुँदामा सार्वजनिक गरेका छन् ।

सांसद भएको एक वर्ष पुरा गरेपछि सांसद महतले निर्वाचित क्षेत्रकालागि गरेका कार्य, पहलहरु उनकै शब्दमा…

Batas

” नवलपुर जिल्ला क्षेत्र नं.२ बाट आदरणीय मतदाताले निर्वाचित गरि सपथ लिएको आज फागुन २१ गते एक बर्ष पुग्यो । यस बीचमा सडकहरु, पुलहरु (पक्कि र झोलङ्गे) , सिंचाई , पिउने पानी , शिक्षा तथा स्वास्थ्यका भवनहरु, विद्युतीकरण , खेल मैदान निर्माण र कृषि , उद्योग र पर्यटन जस्ता क्षेत्रमा संघीय सरकारबाट बजेट बिनियोजन भएको छ र विकास निर्माणका कामहरु अगाडि बढ्दैछन् ।

आउने बर्षको बजेट नवलपुरमा बृद्धि हुनेछ । यस बीचमा दर्जनौ ऐन कानुनहरु निर्माण गरिएको छ र गर्ने क्रम जारि छ । नवलपुरमा मैले सम्झिएका केही राष्ट्रिय गौरवका र दुरगामी प्रभाव पार्ने आयोजनाहरुको जानकारी दिन वान्छनीय ठानेर जानकारी गराउँदै सुझावको अपेक्षा गर्दछु ।

१. जिल्ला सदरमुकाम – नवलपुर जिल्लाको नमुना सदरमुकाम एउटै कम्पाउण्ड भित्र राख्ने गरि कावासोती नपा वार्ड नं. ३ राममन्दिर क्षेत्रको ‘१७९ बिगाह’ जग्गामा सरकारले निर्णय गरि सम्माननीय प्रधानमन्त्रीबाट शिलन्यास गर्ने तयारी ।

२. जिल्ला अस्पताल – नवलपुर जिल्ला अस्पताल मध्यविन्दु सामुदायिक स्मृति अस्पताल कावासोती १६ डण्डामा बनाउने सरकारले निर्णयगरि मुख्यमन्त्रीबाट समुद्घाटनको तयारी ।

३. त्रिवेणी भन्सार – बर्षाै देखि बन्द अवस्थामा रहेको त्रिवेणी छोटि भन्सार सञ्चालन भैसकेको र सोको स्तर उन्नति गरि कार्यालय र गोदामको लागि जमिनको व्यवस्थापन हुँदै ।

४. नवलपुर आरुङ्गखोला – पाल्पा रामपुर सडक (४० किमी) सञ्चालन । जुन सडकले पूर्वी पाल्पाका नागरिकहरुलाई राजधानी काठमाडौं जान ११७ किमी छोटो हुन्छ ।

५. नवलपुरको गैंडाकोट देखि पाल्पाको पिपलडाडा सम्म कालिगण्डकी करिडोर सडक पक्कि र पुल निर्माणको लागि ठेक्का लागि काम सुरु तयारी ।

६.  गैंडाकोट–बुटवल सडक खण्ड स्तर उन्नतिको ठेक्काका लागि काम सुरु गर्ने तयारी ।

७. नारायणी नदिमा जल यातयात सञ्चालनको लागि सम्भाव्यता अध्ययन भैरहेको ।

८.  नवलपुरको धोवादीमा रहेको मुलुककै ठुलो फलाम खानि अध्ययनको अन्तिम चरणमा ।

९. त्रिबेणी–दुम्किबास–आरुङ्गखोला सडक निर्माणमा राष्ट्रिय निकुञ्ज र मध्यवर्तिका कारण भएको अवरोध हटाउन महत्वपूर्ण पहल भैराखेको छ ।

१०. त्रिवेणी–वाल्मीकि आश्रम जोड्ने झोलङ्गे पुल निर्माण देखिएको समस्या समाधान भै काम सुचारु हुँदै ।

११. प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत नवलपुरको पहाडी गाउँ पालिकाहरुमा ‘सुन्तला पकेट’ क्षेत्र घोषणा गरि कार्यक्रम सञ्चालन ।

१२. जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालीकालाई सडक पूर्वाधार विकासका लागि पहिलो चरणमा २०५ करोड विनियोजित ।”

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.