www.tandavnews.com
Fact ~ In search of truth

हराएको १९ दिनपछि मृत भेटिइन म्याग्दीकी सावित्री

पोखरा ,
ताण्डव न्यूज ।

म्याग्दीमा एक महिला मृत फेला परेकि छिन् ।

अन्नपुर्ण गाउँपालिका –३ फगामकी ७६ वर्षीय सावित्री सुवेदी मृत फेला परेको प्रदेश जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । फागुन ४ गतेदेखि आफ्नै घरबाट हराई रहेकि सुवेदी फगाम माथिको सामुदायिक जङगलमा मृत भेटिएकी थिइन् ।

उता मस्ताङमा घोडाबाट लड्दा १ जना घाईते भएका छन् । लोमान्थाङ गाउँपालिका –५ स्थित अन्नपुर्ण संरक्षण क्षेत्र (ACAP) को कार्यालयमा सहयोगी ४८ वर्षीय छुम्बे लोहा घाईते भएका हुन् । लोहा अफिसको कामको शिलसिलामा घोँडामा चढी लोमान्थाङबाट छोन्हुप तर्फ जाने क्रममा अचानक लडेका थिए । उनको सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.