www.tandavnews.com
Fact ~ In search of truth

एसइई परीक्षा आजदेखि ,कास्कीबाट कति विद्यार्थी भए सहभागी ?

पोखरा,
ताण्डव न्युज ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ ।

बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

यता कास्कीबाट १० हजार ८ सय ५१ जना विद्यार्थीले एसईई परीक्षाका लागी फर्म भरेका थिए । आज पहिलो दिन कति विद्यार्थी सहभागी भन्ने यकिन विवरण आउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाईका एकाई प्रमुख नारायण सुवदीले बताए ।

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.