www.tandavnews.com
Fact ~ In search of truth

बल्छी धुर्वे र राजु मास्टरले मेरी बास्सै छोडे

पोखरा ,
ताण्डव न्यूज ।

चर्चित हाँस्य ब्यंग्य टेलिशिरियल मेरी बास्सैबाट बल्छी धुर्वे र राजुमास्टर अलग हुने भएका छन् ।

मेरीबास्सै उत्पादन गर्दै आइरहेको मिडियाहबसँग विवाद चर्र्किएपछि उनीहरुले नै लेखेको कथामा बन्दै आएको मेरीबास्सैबाट अलग भएको बल्छी धुर्वेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे माग्ने बुढा तथा सिताराम कटेल धुर्मुसले छोडेपछि हामीद्वारा राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसंग विभिन्न कुरामा

सहमती हुन नसक्दा आजको मितिबाट हामीले मेरी बास्सैबाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ।उनले अरु नै कुनै टेलिसिरियलमा राजु मास्टर र बल्छी कै भूमिकामा देखिने पनि बताएका छन् । आगामी दिनमा पनि अहिलेको जस्तै माया पाउने उनले आशा पनि गरेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.