www.tandavnews.com
Fact ~ In search of truth

महानगरलाई डब्लुआरआरको चौध बोरा फोहोर

पोखरा ।

बिभिन्न सामाजिक कार्यमा सक्रिय ओमेन्स रुम रिलोलेड पोखराले शनिवार पोखराको सिदार्थचोकमा सरसफाइ गरेको छ । सरसफाईबाट छरिएर रहेको चौध बोरा फोहर सकंलन भएको थियो । कार्यक्रममा सहभागी दिदीबहिनीहरुले संकलन गरेको फोहोर पोखरा महानगरलाई जिम्मा लगाएका थिए ।

‘आवतजावत गर्दा पनि नाक थुन्नुपर्ने अवस्था सिर्जना गर्ने हामी नै हौ ,बास्तवमा फोहरका जननी हामी भएर पनि अझै हामीले फोहरलाई व्यवस्थापन गर्न जानेका छैनौ, त्यसैले वातावरण दुषित बन्दै गएको छ ,’ सरसफाइमा सहभागी दिदीबहिनीले भने।

‘सकेसम्म फोहर गर्न हुदैन, भएको फोहरलाई पुन प्रयोग गरी बाँकी फोहरलाई राम्रोसङ व्यवस्थापन गर्नुपर्छ,’ कार्यक्रम संयोजक स्मृति ओझाले भनिन् । सरसफाइ कार्यक्रममा अमिसा बराल, सचिता पाठक, अनुपमा पुरी, बर्षा लामिछाने, ज्योती क्षेत्री, साधना तिवारी, सृष्टि आचार्य, सिर्जना केसी, सुस्मीता शर्मा, एलिसा तामाङ, बिनीता पौडेल, स्वेचा लम्साल लगायतको सहभागिता रहेको थियो ।

एकदिन एक ठाउको फोहर सफा गरेर समाज सफा नहुने भन्दै प्रत्येक नेपालीले आ– आफ्नो ठाउँ बाट सफा गर्नुपर्नेमा दिदिबहिनीले जोड दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.