www.tandavnews.com
Fact ~ In search of truth

भेडाबाटै महिनामा ४० हजार कमाउँछन बलेवाका कृष्णमुरारी

बलेवा ।

उमेरले ७२ काटेका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उनको पेशा हो ।

गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक ४० हजार आम्दानी गर्छन् । पहिले ३०÷३५ वटा भेडा पालेका उनले पछिल्लो समय भेडाको सङ्ख्या घटाएका छन् । भेडाका लागि चरनको अभाव हुँदै गएकाले सङ्ख्या घटाउनु परेको श्रेष्ठ बताउँछन् ।

विसं २०२९ देखि निरन्तर भेडा पाल्दै आउनुभएका उनी यो पेशाबाट खुशी छन् । पालिएका भेडा देवी–देवतालाई बली दिन र विभिन्न चाड पर्वमा खानका लागि ग्राहकहरू श्रेष्ठको घरमै किन्न आउने गरेका छन् ।

Lama collectio News Middle

गाउँछेउमा रहेको जङ्गलमा भेडाका लागि प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनी बताउँछन् । भेडाको बजार राम्रो रहेकाले मासिक आम्दानी पनि राम्रो हुने गरेको छ । ‘‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन्’ श्रेष्ठ भन्छन्, “एउटै भेडाको दश हजारदेखि १५ हजारसम्म पर्छ ।” बागलुङ बजारको विलासी जीवनशैली त्यागेर धम्जा पुगेका श्रेष्ठ शुरुमा स्थानीय एक विद्यालयका शिक्षक थिए ।

भेडा पालनमा लाग्दा लाग्दै उनले त्यहाँ घरबार पनि जोडेका छन् । पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रित्तिदैछन् । युवायुवतीको मोह गाउँघरप्रति खासै देखिदैन । उनीहरुमा पनि सुकिलामुकिला बन्ने सोखमा शहर पस्ने गरे पनि श्रेष्ठ भने आफूलाई काठेखोला–३ धम्जाबाट पुनः बजार फर्केर आउन कहिल्यै मन नलागेको बताउँछन् । गाउँको हावापानी, घरछेउको भेडीगोडमा हुर्किरहेको भेडाका पाठाले उनको मन उतै रोकिरहेको छ । उनलाई त्यस्तो मोहनी लगाउने चिज भनेको त्यहाँको स्वस्थ र सफा अनि हरियाली वातावरण पनि हो ।

शुरुमा धम्जा जनता प्राविमा शिक्षण पेशा गर्दा १० घरभडा तिरेर गाउँको बसाइँ शुरु गर्नुभएका श्रेष्ठको अहिले त्यहाँ सुन्दर घर बनिसकेको छ । विसं २०४८ तिर शिक्षण गरेवापत मासिक १४० पारिश्रमिकले घर चलाउन कठिन भएकाले शिक्षणसँगै भेडा पाल्न थालेकाले थप खर्चको जोहो हुन्थ्यो, पछि भेडाबाट राम्रो आम्दानी हुन थालेपछि शिक्षण पेशा छोडेर व्यावसायिक रूपले भेडापाल्न थालेको उनी बताउँछन् ।

विदेशमा रहेका छोराले पटक÷पटक बजार झर्न आग्रह गरेपनि गाउँको मोहनीले उनलाई छोडेको छैन । दिनदिनै आफ्नो माटो विर्सेर विदेशिने युवालाई गाउँमै केही गर्न उनी सुझाउँछन् । रासस

फाइल तस्बिर :गुगलबाट

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery