www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा घुम्ती खाद्य प्रयोगशालाबाट बजार अनुगमनः माडवाडिमा अखाद्य तेलको प्रयोग

विनिता सुनार,
पोखरा/ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाको डेरी तथा माडवाडिहरुमा अुनगमन गर्दा अखाद्य तेल प्रयोग गरिएको देखिएको छ ।

पोखरा न्युरोड र महेन्द्रपुलमा रहेको आँगन फुड र माडवाडि भोजनालयमा मंगलबार गरिएको अनुगमनमा अखाद्य तेलको प्रयोग गरेको भेटिएको हो । घुम्ती खाद्य प्रयोगशालाले पोखरामा पहिलो पटक मेशिनबाट अनुगमन गरेको हो । अनुगमनका क्रममा मेशिनले नै काम नगर्ने गरि अखाद्य तेल प्रयोग भएको भेटिएको थियो । प्रदुषित तेलबाट बनाइएका सबै खानेकुराहरु समेत नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण ईश्वर सुवेदीले पोखराका हरेक उत्पादन हुने खाद्यवस्तु गुणस्तर नरहेको बताए । ‘खानेकुरामा धेरै मात्रामा दुषित तेलको प्रयोग भएको छ,’ उनले भने, ‘यस्ता तेलबाट बनेको खानेकुराले ग्यास्टिक, जन्डिज, कुपोषण क्यान्सर जस्ता रोगको सिकार हुनुपर्ने हुन्छ ।’ तेललाई लामो समयसम्म प्रयोगमा ल्याउने गरेमा खुल्ला राखेमा, पानि मिसाउँदा र फलामका वस्तु प्रयोग गरेमा तेल दुषित हुने गरेको सुवेदीको भनाई छ ।

त्यस्तै पोखराको सिमलचौरमा रहेको अमृत एण्ड अनमोल दुध सप्लायर्सले अनुज्ञापत्र नलिई ध्यू उत्पादन गरेको भेटिएको थियो । अनुगमन टोलिले ध्यू उत्पादन गर्नका लागि अनुज्ञापत्र लिन निर्देशन दिएको छ ।
अनुगमनका क्रममा पोखरामा पहिलो पटक घुम्ती खाद्य प्रयोगशाला ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोख्रेलले जनाए । गाडिमा हरेक किसिमका जाचँ मेसिन भएकाले अनुगमन गर्न सहज भएको उनको भनाई छ ।

गण्डकी प्रदेश उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले खाद्यन्न अनुसन्धान प्रयोगशाला नभएकाले अनुगमनमा समस्या आएको बताएका छन् । ‘अन्य सबै प्रदेशमा प्रयोगशाला भएपनि गण्डकी प्रदेशमा अहिले हुन सकेको छैन्,’ उनले भने, ‘अब गण्डकी प्रदेशमा पनि ल्याबको परिक्षणको व्यवस्था गरिनुपर्छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.