पोखरा ,
ताण्डव न्यूज ।
नेपाल परिवार दलको राष्ट्र जागरण अभियान औपचारिक रूपमा सुरु भएको छ ।
अभियानले सार्वजनिक सोच, जबाफदेहिता, अनुशासन र राष्ट्रय प्रतिभाको विकासमा पनि सहयोग गर्ने नेपाल परिवार दलका महामन्त्री बिनोद डागीले बताए ।हाम्रो पार्टी वातावरणको संरक्षण गर्दै स्रोतको साधनको सहि र प्रभावकारी परिचालनमा सरकारको प्रथामिकता होस भनी अग्रह गर्दछौ, उनले भने, अभियानले देशमा गिटि, बालुवा, सिमेन्ट, रडको रुपमा छरिएर रहेका सकारात्मक शक्तिहरुलाइ एकबद्धता बनाएर राष्ट्र निर्माणमा सहभागी बनाउन प्रेरित गर्ने धारणा राखे ।

अभियानले देशका आदिवासी जनजाती, मधेसी, मुस्लिम, थारु, दलित, ओबिसी, खस दशनामी लगायत सबै नेपाली जाती, भाषा, धर्म र सस्कृतीका नागरिकसङ्ग अन्तरक्रिर्या गरि राष्ट्रको सेवा गर्न अभिप्रेरित गर्ने उनले बताए । सोही क्रममा बोल्दै उनले संविधान कार्यान्वयनबाट नै राज्यको सम्वृद्धि हुने बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.