www.tandavnews.com
Fact ~ In search of truth

विद्या भट्टराईको सपथ आज

पोखरा ।

कास्की २ बाट निर्वाचित नेकपाकी सांसद विद्या भट्टराई अधिकारीको आज(मंगलबार)पद तथा गोपनीयताको शपथ हुने भएको छ।

विद्याले आज संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा अहिले दिउँसो १ बजे सपथ लिने भएकी छिन् । विद्यालाई उपसभामुख शिवमाया तुम्बहाम्फेबाट शपथ ग्रहण गर्ने भएकी छिन्। संघीय संसद सभामुख बिहिन बनेपछि विद्यालाई उपसभामुख तुम्बाहाम्फेले सपथ खुवाउने भएकी हुन् ।

Batas

सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको बेला उपसभामुखले पहिलो पटक प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउन लागेकी हुन्। कतिपयले सभामुख नभएको बेला उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्ने भए पनि सपथ खुवाउन भने नमिल्ने बताएका छन्।

संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ। ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ।

संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ। तर, संविधानको धारा ९१ (४) मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्थालाई टेकेर शपथ खुवाउन लागिएको हो।

गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की–२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.