www.tandavnews.com
Fact ~ In search of truth

बन्द भएको जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा

ताण्डव न्यूज ।
मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हँुदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ । बाक्लो हिउँ जमेको समर–भेना खण्डमा एक्साभेटर परिचालन गरेर हिउँ पन्छाइ खुलाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

यसवर्ष फागुनको अन्तिम सातासम्म बाक्लो हिमपात भएको थियो । लोमान्थाङ, लोघेयकर दामोदरकुण्ड गाउँपालिका र उपल्लो मुस्ताङ जीप व्यवसायी समितिको पहलमा सडक खुलाइएको यातायात व्यवसायी देव गुरुङले बताए । उहाँका अनुसार उपल्लो मुस्ताङमा ३० भन्दा बढी गाडीले यातायात सेवा दिइरहेका छन् ।

Batas

सडक खुलेसँगै केही दिनयता म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटक र तीर्थयात्रीको चाप बढेको छ । देशका विभिन्न ठाउँ र विदेशबाट आएका पर्यटक तथा तीर्थयात्रीको बेनी–जोमसोम सडकमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख बैकुण्ठ पौडेलले बताए ।
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.