www.tandavnews.com
Fact ~ In search of truth

पुस्तक साटेर दिवस मनाइयो

पोखरा,

ताण्डव न्युज ।

अप्रिल २३ अर्थात बैशाख १० गते आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस पोखरामा पुस्तक आदनप्रदान गरी मनाइएको छ ।

Batas

र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले पठन संस्कृतिको विकासको लागि हरेक वर्ष यो दिवस मनाउने गर्दै आएको छ ।  यो पटक गरिएको पुस्तक आदानप्रदानमा बढी माया प्रेमसँग आधारित रहेका पुस्तकहरु साटासाट गरियो । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष केशवशरण लामिछानेका अनुसार यो पटकको ३४ जनाले पुस्तक आदानप्रदान गरे ।

उनका अनुसार छेदन काविमोको उपन्यास ‘फातसुङ’ बढी आदनप्रदान भयो । कार्यक्रममा अंग्रेजी, नेपाली, हिन्दी भाषाका मात्र पुस्तकलाई मात्र समावेश गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.