www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालयको विवाद मिल्यो, रोकिएको परिक्षा बैशाख १६ गते देखि सुरु हुने

ताण्डव न्युज । 

पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा १६ वैशाखबाट सञ्चालन हुने भएको छ। विद्यार्थीको आन्दोलन र तालाबन्दीका कारण परीक्षा मिति हेरफेर र स्थगित हुँदै आएकाे परीक्षा वैशाख १६ देखि सञ्चालनमा आउने भएकाे हाे।  विश्वविद्यालयले चारवटा संकायको परीक्षा मिति फागुन ३० लाई तोकेको थियो।

उक्त मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि चैत्र १५ हुँदै वैशाख ६ लाई तोकिएको थियो। विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति, रजिष्टर र परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेपछि वैशाख ६ मा सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरिएको थियो।

Batas

पोखरा विश्वविद्यालय अन्र्तगतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विद्यालय विवादमा अल्झिएको थियो। डी ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने विषयको माग गर्दे विद्यार्थी समूह आन्दोलनमा उत्रिएका थिए।
विद्यार्थीले पटक पटक गरेको आन्दोलन नरोकिएपछि तेस्रो पटक वैशाख ६ मा तोकिएको परीक्षा मितिमा पनि परीक्षा सञ्चालन हुन सकेको थिएन। वैशाख १६ बाट हुने परीक्षा विभिन्न संकायको गरी असरा सातमा अन्तिम परीक्षाा हुने छ। परीक्षालाई व्यवस्थित, मर्यादित रुपमा सञ्चालन गर्नका सम्बन्धित सरोकारवाला पक्षलाई सहयोग गरिदिन विश्वविद्यालयले आग्रह गरेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.