www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको शहीद लखन गाउँमा भूकम्प प्रतिरोधी सामुदायिक भवन

गोरखा।

गोरखाको शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाको चिलौने चौतारा, लाखेडाँडा र देउरालीमा कूल ६४ लाख ६० हजार ४७१ रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । पद्धति विकास सेवा केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको तीनवटै भवनमा तीनवटार सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उनले बताए ।

Batas

‘वडा भित्रका भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न तालीम दिएर उनीहरुबाटै भूकम्प प्रतिरोधी सामुदायिक भवन निर्माण गरिएको हो, वडाध्यक्ष श्रेष्ठले भने, “नमूना सामुदायिक भवन स्थानीय खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, महिला समूहलगायतले उपयोग गर्नेछन् ।”

वडाको चिलौने चौतारामा बनाइएकोे भूकम्प प्रतिरोधी घरका लागि तालीम खर्चसहित कूल २१ लाख छ हजार १४६ रुपैयाँखर्च भएको उनले बताए । “चौतारामा निर्माणका भएको भवनमा तालीम खर्च सात लाख ३१ हजार ६० रुपैयाँ र सामग्रीका लागि १३ लाख ७५ हजार ८६ खर्च भएको छ” उनले भने ।

चिलौने चौतारमा निर्माण भएको नमूना भवन उज्यालो निगरानी आमा समूहले प्रयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै लाखेडाँडामा निर्माण भएको नमुना घरका लागि तालीम बापत खर्च सातलाख ३८ हजार ५३० र शौचालयसहितको सामग्री खर्च १४ लाख २० हजार २०२ रुपैयाँ भएको उनको भनाइ छ । लाखेडाँडामा निर्माण भएको नमूना भवनका लागि तालीम र सामग्री खरीद गरी कूल २१ लाख ५८ हजार ७३२ खर्च भएको छ ।

उक्त भवन लाखेडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपयोग गर्ने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै देउरालीमा निर्माण गरिएको भवनका लागि तालीमवापतछ लाख ५६ हजार ७६० र सामग्री खरीदका लागि १५ लाख ३८ हजार ८३३ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

श्रेष्ठले देउरालीमा निर्माण गरिएको भवनका लागि कूल २१ लख ९५ हजार ५ सय ९३ लागेको जानकारी दिए । उक्त भवन देउराली आमा समूहले प्रयोग गर्ने गरी समुदायलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । रासस

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.