www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्प अन्तिम चरणमा

बलेवा ।

बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले जनाएको छ । आगामी साउनसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

पुलसहितको बञ्जीजम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको कामसमेत भइरहेको छ । १६ करोड लगानी गरेर बञ्जीजम्प र रिर्सोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले सुनाए । कालीगण्डकी नदीको सतहदेखि बञ्जीजम्पको उचाइ २२८ मिटर रहेको छ ।

हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ । दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ ।

“साहसिक पर्यटकको गन्तव्य अब कालीगण्डकीमाथिको पुलसहितको बञ्जीजम्प हो”, कार्कीले भने, “पर्यटकलाई ध्यानमा राखेर बलेवा क्षेत्रमा रिर्सोटसमेत बनाएका छौँ ।” कूल २२ रोपनी जग्गामा रिर्सोट फैलिएको छ । “यस क्षेत्रको परिचय अग्ला झोलुङ्गे पुलका रुपमा बनिरहेको छ”, कार्कीले भने, “अब म यसलाई साहसिक पर्यटनको स्थल बनाउँछु ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop