www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा चौँरीको ‘ब्लड डोनेसन’

पोखरा
ताण्डव न्युज ।

मान्छेको रगतदान गरेको त सुनेकै हो । तर, मुस्ताङमा चौँरीको रगत पनि दान गर्ने प्रचलन छ । मानिसको शरिरमा भएको रगत दान गर्दा मानिस जति स्वस्थ हुन्छ चौँरीको रगत पनि शरिरबाट झिक्दा चौँरी स्वस्थ हुने विश्वास छ । मानिसको रगत समुह मिल्ने मानिसको शरिरमा दिइँन्छ भने चौँरीको रगत मानिसहरुले पिउने गर्छन । अहिले मुस्ताङमा चौँरीको रगत पिउने मेला नै लागेको छ ।

‘पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,’ मुस्ताङका सुशिलबाबु थकालीले भने, ‘अहिले यसको महत्व र विषय पनि फेरिएको छ । मानिसकै लागि वर्ष भरी काम गर्ने चौँरीहरुको रगत पनि मानिसकै जसरी झिक्यो भने चौँरीहरु स्वस्थ देखिन थाले । अर्काे, चौँरीको रगत सेवनले विभिन्न प्राण घातक रोगहरु निको हुने जनविश्वास पनि छ ।’ चौँरीको घाँटीमा छुरी हानेर रगत निकाल्ने गरिन्छ ।

Batas

हिमालमा रहेका खर्कमा चरेर बसेका चौँरीहरुले पाँचऔले, निरमसी, जटामसी, यार्सागुम्बा जस्ता जटिबुटी खाने हुदाँ यिनीहरुको रगत सेवनले मानिसको पेट सम्बन्धी रोग निको हुने विश्वास पनि छ । अहिले मुस्ताङको बोक्सी खोलामा चौँरीको रगत सेवनका लागि सोमबार देखि मुस्ताङ, काठमाडौँ, कास्की, बाग्लुङ, पर्वत लगायतका मानिसहरुको भिड लागेको थकालीले जानकारी दिए ।

चौँरी र मानिस दुबैको स्वास्थ्यमा फाइदा हुने हुँदा बर्षमा दुई पटक चौरीको शरीरबाट रगत झिक्ने र मानिसले पिउने गरिन्छ । ‘यसरी रगत झिक्दा चौरी झनै स्वस्थ्य र तन्दुरुस्त हुने गर्दछ,’ धौलागिरी चौँरी समुहका गोविन्द शेरचनले भने ।

झन्डै १ दर्जन घरधुरी किसानका करिव १ हजार बढी चौरीको रगत निकाल्न लागिएको छ । यस वर्ष एक गिलाँस रगतको तीनसय रुपैयाँ तोकिएको छ । एउटा चौँरीबाट १० देखि ४० गिलास रगत झिक्ने गरिन्छ । रगत निकाल्ने चौँरीको स्वास्थ्य जाँच गरेर मात्र रगत निकाल्ने गरिन्छ ।
विहान ७ बजेबाट १२ बजे सम्म मात्र रगत खाने मेला लाग्छ । त्यसपछि दिनभरी तारो हान्ने खेल खेलाउने गरिएको छ । धौलागिरि चौरी पालक किसान समितिको आयोजना गरेको बैशाख ९ देखि १० गते सम्म चल्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.