www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै मन्त्रालयको काम देखेर असन्तुष्ट छन् मन्त्री

पोखरा,

ताण्डव न्युज ।

गण्डकी प्रदेशका उद्योग,बन तथा बाताबरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुसार बिकास निर्माणको काम गर्न नसकिएको बताएका छन् ।

Batas

प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दे मन्त्री लम्सालले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीका लागि समस्या परेको बताए । ‘वर्षौ सम्म निति निर्माणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलहरुमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्छ,’ मन्त्री लम्सालले भने, ‘बिभिन्न बाहानामा काम हुन नदिने र परिपाटी अहिले पनि बिद्यमान छ । मेरै मन्त्रालयको काम प्रति म आफु नै सन्तुष्ट हुन सक्ने स्थिती छैन ।’ कर्मचारीहरु पुरानै तरिकाले चल्ने र नयाँ तरिका अपनाउन नखोज्नाले समस्या आएको मन्त्रीको आरोप छ ।

‘पुरानै परिपाटीलाई निरन्तरता दिन संघियता आएको हैन,’ मन्त्री लम्सालले भने । बस्तुको उत्पादन र बजारीकरणको ब्यबस्था मिलाउने योजना निर्माण गर्न गोष्ठीको आयोजना भएको मन्त्री लम्सालको भनाइ छ । प्रदेश सरकारले एक स्थानिय तह एक उद्योग ग्राम र्निमाण गर्न लागेकोले सोही अनुसारको काममा लाग्न र जनताको जिवनस्तरको बिकास तर्फ सोच्न पनि कार्यक्रममा सहभागि कर्मचारीहरुलाई मन्त्रीले निर्देशन दिए ।

गोष्ठीमा मन्त्रालयका महाशाका प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्ने बारे सहि र प्रभावकारी सुझाव दिन सहभागिहरुलाई अनुरोध गरे ।नेपाल सरकारका सह–सचिव दिनेश भट्टराईले मन्त्रालय र मातहतका कार्यालयका काम र कर्तब्यको बारेमा सहजीकरण गर्नेछन ।

दुईदिन सम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेका छ । उद्योग ग्राम चलाउन उद्योग अधिकृतहरुलाई कसरी उपयोग गर्न सकिन्छ भनेर गोष्ठीको आयोजना भएको मन्त्रीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.