www.tandavnews.com
Fact ~ In search of truth

मनास्लु पदमार्गमा रसियन नागरिकको मृत्यु

पोखरा ः गोरखाको मनास्लु पदमार्गमा लडेर एक रसियन नागरिकको मृत्यु भएको छ । चुम भ्याली गई फर्कनेक्रममा चुमनुब्री गाउँपालिका ३ को भीरबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी गोविन्द पुरीले जानकारी दिए । मृत्यु हुनेमा ६४ वर्षका जेटसेभ एलेक्सएण्डर रहेका छन् ।

भीरबाट खसेका रसियन नागरिक करिब तीनसय मिटर तल खसेको स्थानीलाई उदृत गर्दै जिल्ला प्रहरी गोरखाका एसपी भोला रावलले जानकारी दिए । घटनास्थलमा प्रहरी अझै नपुगेको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.