www.tandavnews.com
Fact ~ In search of truth

आज विश्व रेडक्रस दिवस

वैशाख।

आज मे ८ अर्थात विश्व रेडक्रस दिवस । नेपालसहित विश्वभर यो दिवस विविध सचेतनामुलक कार्यक्रम गरि मनाईदैँ छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै विश्वभर आज रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको स्थापना गरेका थिए । कामको सिलसिलामा युरोपको युद्धग्रस्त क्षेत्रमा पुग्दा सिपाहीको दर्दनाक चोटहरु देखेपछि उनले उनीहरुको उद्धार गरि प्राथमिक सेवा गरेका थिए ।

Batas

मानवताको मुल्य र सेवालाई मध्यनजर गर्दै ड्युनाले रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई कदर गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनले अधिकारीक मान्यता प्राप्त गरेको थियो । नेपालमा भने बि.स २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

आज देशैभर विभिन्न कार्यक्रम गरिदैँ छ यता कास्कीमा पनि चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ। बिहानै देखी पोखराका स्कुले विद्यार्थी रेडक्रसलाई सहयोग गर्न भेटि संकलनका लागी रेडक्रस ब्याजसहित हिडिरहेका छन् ।

दिवसको अवसरमा काँहु उपशाखाको आयोजनामा बृहत स्वास्थ्य सिविरको आयोजना गरिदै छ भने, उपशाख १९ को आयोजनामा रक्तदान कार्यक्रम गरिदै छ । यस्तै विभिन्न जुनियर र युवा सर्कलहरुले दिवसका अवसरमा मार्च पास, व्याच वितरण, तथा अन्तरक्रिया लगातका विभिन्न कार्यक्रम गरि मनाउन लागिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.