www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

म्याग्दी मङ्गलाका अध्यक्षद्धारा आफ्नो तलब शैक्षिक क्षेत्रमा सहयोग

गलेश्वर ।

नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको व्यवहार, कार्यशैली र उनीहरुले लिने गरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणी भइरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानीसमेत शैक्षिक क्षेत्रमा सहयोग गरेर उदाहरणीय बनेका छन् ।

जिल्लाको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधा र व्यक्तिगत आम्दानीको रकम शैक्षिक संस्थालाई सहयोग गरेका छन् । अध्यक्ष रोकाले गाउँपालिकाभित्रका शिक्षण संस्थालाई आफू निर्वाचित भएदेखि यता ११ लाख ५० हजार रुपैयाँ सहयोग गरेर उदाहरणीय बनेका हुन् ।

यसै क्रममा बुधबार गाउँपालिका केन्द्रमा रहेको मङ्गला शिक्षा क्याम्पसलाई दुई लाख हस्तान्तरण गरेका छन् । जनप्रतिनिधि भएबापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

Lama collectio News Middle

समुदायद्वारा सञ्चालित उक्त क्याम्पसलाई अध्यक्ष रोकाले यसअघि छ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । अध्यक्ष रोकाले गत मङ्सिरमा मङ्गला गाउँपालिका–५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार सहयोग गरेका थिए । समुदायबाट सञ्चालित शैक्षिक संस्थामा शिक्षकको तलब र भौतिक पूर्वाधारमा सहयोग पुर्याउन आफूले उक्त रकम सहयोग गरेको अध्यक्ष रोकाले बताए ।

गाउँपालिका अध्यक्षको हैसियतमा प्राप्त गर्ने रकम शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छु अध्यक्ष रोकाले भने, “पाँचवर्षे कार्यकालमा मैले जेजति पारिश्रमिकबापतको रकम प्राप्त गर्दछु त्यो सबै शैक्षिक विकासका लागि सहयोग गर्ने छु ।”

अध्यक्ष रोकाले निर्वाचन ताका आफूले प्राप्त गर्ने सरकारी सेवासुविधाको रकम सामाजिक क्षेत्रमा खर्चिने घोषणा गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...