www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध जयन्तीको अवसरमा पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गरिने

पोखरा,
ताण्डव न्यूज ।

२५६३ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाज कास्कीले पोखरा खहरेमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । त्यसै अवसरमा खहरेमा स्थापना भएको पेमा धेछेनलिङ गुम्बा तपोवन भुमीको समेत उद्घाटन गरिने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैदाम तामाङ सेवा समाजका अध्यक्ष नरेन्द्रमान लालचनले तामाङ्ग जातिहरुको रितिरिवाज र साँस्कृतिक अस्तित्वको संरक्षणमा गर्ने उद्देश्यले गुम्बाको निर्माण गरेको बताए ।

Batas

‘साताव्यापी कार्यक्रमको पुर्व सन्ध्यामा बालमन्दिर स्कुल नदिपुरमा स्वास्थ्य शिविर हुनेछ,’ उनले भने, ‘एक साता सम्म हुने यस कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।’यस दिन गुम्बामा बुद्ध वचन, विश्व शान्ति र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाङ अभिषेक कार्यक्रम दिनभर हुनेछ । बुद्ध पुर्णिमाको विहानै देखि विशेष कार्यक्रम सहित गरिनेछ ।

कार्यक्रमको पहिलो दिनमा लामा गुरुहरुद्धारा विश्वशान्तिको पुजा तथा बुद्ध बन्दना रहेको छ । स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतका कार्यक्रमहरु समावेश गरिएको आयोजक टिमले जानकारी दिए ।

तामाङ्ग जातिहरुको साँस्कृतिलाई जोगाइराख्ने उद्देश्यले २०७० सालबाट यस गुम्बाको निर्माण कार्य सुरु गरिएको हो । पर्यटकीय महत्व झल्कने पेमा धेछेनलिङ गुम्बा र साँस्कृतिक संग्राहलयको निर्माण गरिएको आयोजक टिमको भनाई छ ।

त्यस गुम्बाले धार्मिक तथा आध्यात्मिक पर्यटकहरुलाई आकर्षित गर्ने र पर्यटकहरुको बसाई लम्ब्याउन पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको आयोजक टिमले बताए । पर्यटकको मुख्य पेशा रहेको यस क्षेत्रमा पर्यटकलाई आकर्षित बनाउने उद्देश्यले निर्माण कार्यमा पनि विशेष जोड समेत दिइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.