www.tandavnews.com
Fact ~ In search of truth

डा प्रफुल्लले पायल्सको अप्रेसन गर्दा आन्द्रमा प्वाल पारिदिए, निदान आयुर्वेद क्लिनिकमा तालाबन्दी

सुशान्त गाहा मगर
पाेखरा, ताण्डव न्यूज । 

पोखरा महानगरपालिका वडा नं २ बाग्लुङबसपार्कको अगाडिपट्टि रहेको निदान आयुर्वेद क्लिनिक प्रा.लिमा नेपाल पुनमगर सँघ कास्कीले तालाबन्दी गरेको छ । अर्चलबोटका १८ बर्षिय श्री प्रसाद पुनको उपचारमा चरम लापरबाही गरेको आरोपमा आज (आईतबार) तालाबन्दी गरेको हो ।

पुनका आफन्त तथा सँघर्ष समितिका अगुवा खेम पुन मगरले पाएल्स र पिस्टुलाको उपचार गर्न पुगेको पुनको उपचारमा चरम लापरबाही गरेको बताउदै क्षतिपुर्तिको माग गर्दे तालाबन्दी गरेको ताण्डव न्युजलाई बताए । पुनमगरले माग सुनुवाई नभएमा वृहत संघर्षमा उत्रिने चेतावनी दिए । ‘आज हामीलाई पर्यो भोली अरुलाई पर्न सक्छ । त्यसैले न्यायप्रेमीहरु एकजुट भएर न्यायका लागि लडौं,’ उनले भने, ‘यदी हाम्रो माग सुनुवाई भएन भने वृहत आन्दोलनमा उत्रिन्छौं ।’

Batas

त्यस्तै पुनका बुवा चाम बहादुर पुनले क्लिनिकको चरम लापरवाहीकै कारण आफ्नो छोराको स्थिति गम्भिर रहेको बताए । उनका अनुसार अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । ‘तपाइको छोराको उपचार मै गर्छु भन्दै बाबुको उपचारको जिम्मा डा. प्रफुल्ल चन्द्र यादबले लिएको थियो तर पायल्सको अप्रेशन गर्दा आन्द्रा मै प्वाल पारिदिएछ, उनले भने, मणिपाल पु¥याए पछि बल्ल थाहा भयो ।’ उनका अनुसार पुनलाई सामान्य उपचारका लागि बैशाख ३ गते क्लिनिक पु¥याईएको थियो ।

उनले आजै प्रदेश प्रमुख, सामाजिक विकास, मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउँने कार्यक्रम रहेको समेत जानकारी दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.