www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा ट्राफिक जाम व्यवस्थापन सुरु

अर्जुन कार्की,
ताण्डव न्यूज ।

बागलुङ बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्न सुरु गरिएको छ ।

बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ बागलुङ र नगरपालिकाको पूर्वाधार विकास समितिको संयुक्त पहलमा बुधबारदेखि बजारमा दुई पाग्रे सवारीहरुको ट्राफिक व्यवस्थापन सुरु गरिएको पूर्वाधार विकास उपसमितिका संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

Batas

दुई पांग्रे सवारी साधनहरु सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङ्गको बोर्ड राखिएको छ । हप्तामा आईतबार, सोमबार, मंगलबार एक साईड र बुधबार, बिहीबार र शुक्रबार अर्को साईडमा पार्किङ निषेध गरिएको छ ।

शनिबार सरकारी कार्यालय र धेरै पसलहरु बन्द हुने र जाम पनि कम हुनेभएकाले नो पार्किङ्ग नहुने उपसमिति संयोजक घिमिरेले जानकारी दिए । बजारलाई सुन्दर बनाउने र पैदल यात्रीहरुलाई यात्रामा सहज हुने हेतुले ठूला सवारीहरु, स्कुल बसको पार्किङको लागि एक हप्ता भित्र निर्णय गरि कार्यान्वयन गरिने बागलुङ नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक ध्रुर्बबहादुर केसीले जानकारी दिए ।

अहिले बजारमा गाउँबाट आउने पिकअप जिप, बजारमा लामो तथा छोटो दुरीमा छुट्ने सवारीहरुको पार्किङ्गको लागि खाली स्थानको खोजी भईरहेको र चाँडै व्यवस्थापन गरिने संयोजक केसीले बताए ।
बुधबार बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का लगायतले सडकमा नो पार्किङको बोर्ड राखेर अभियानको सुरुवात गरेका थिए ।
बागलुङ नगरलाई सुन्दर नगर बनाउनको लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनको काम सुरु गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । उनले बजारमा जाम बढ्दै जाँदा बजारमा पैदल यात्रुलाई समस्या हुने र सवारी दुर्घटना बढ्ने भएकाले समाधानको लागि सवै लाग्नुपर्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.