www.tandavnews.com
Fact ~ In search of truth

मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने पक्का,राहुलले स्वीकारे हार

पोखरा,
ताण्डव न्यूज ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो कार्यकाल पुरा गरी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने पक्का भएको छ । यद्यपी चुनावको पूर्ण परिणाम आउन भने बाँकी नै छ ।

मोदी यसपटक पनि प्रधानमन्त्री बने दोस्रो कार्यकालको लागी प्रधानमन्त्री बन्ने पहिलो गैरकाँग्रसी प्रधानमन्त्री बन्नेछन् । भारत स्वतन्त्र भएको ७२ वर्षमा कुनै पनि गैरकाँग्रेसी नेताले दोस्रो अवसर पाएका थिएनन् ।भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।

१९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत ल्याएको छ । भाजपाले ३४५ सिटमा जित दर्ता गरिसकेको छ भने मतगणना जारी रहेका ८ स्थानमा अग्रता लिएको छ ।

यसैबीच मोदीको प्रतिष्पर्धी भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले हार स्वीकारेका छन् ।उनले चुनावमा बहुमतले जितेको भन्दै भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीलाई बधाई समेत दिएका छन् । काँग्रेसले ९६ स्थानमा मात्रै जितेको छ ।

यसैबीच यता नेपालमा मोदी पून प्रधानमन्त्री भएपछि त्यसको असर नेपालमा के पर्ला भन्ने बहस सुरु भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.