www.tandavnews.com
Fact ~ In search of truth

भोली जेठ १७ देखि २१ गते सम्म पोखरामा स्काउटको प्रथम राष्ट्रिय रोभर मुट कार्यक्रम

पोखरा,
ताण्डव न्यूज ।

‘समृद्धिका लागि सहकार्य’ नारासहित पोखरामा प्रथम राष्ट्रिय रोभर मुट कार्यक्रम हुने भएको छ ।

आगामी जेष्ठ १७ गते अर्थात भोली देखि २१ गते सम्म फेवा किनार स्थित कोमागाने पार्कमा वृहत राष्ट्रिय रोभर मुट कार्यक्रम हुन लागेको पत्रकार सम्मलेन मार्फत जानकारी दिइयो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

Batas

पाँच दिन सम्म सञ्चालन हुने कार्यक्रममा नेपालसहितका १४ मुलुकका स्काउट युवाहरु सहभागी हुनेछन् । नेपाल स्काउटले पहिलो पटक आयोजना गर्न लागेको रोभर मुट कार्यक्रममा १६ वर्ष देखि २५ वर्ष उमेर समुहका युवा स्काउट विभिन्न कार्यक्रम सहित भेला हुने जनाइएको छ ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइन्यान्ड, युगान्डा, ताइवान, इजिप्ट र लग्जम्बर्गका पाँच सय विदेशी युवासहित पाँच हजार युवा सहभागी रहने नेपाल स्काउटले जनाएको छ ।

सम्मेलनमा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्हेन्दावी लगायतका विशिष्ठ व्यक्तिहरुको पनि उपस्थिती रहने जनाइएको छ । सम्मेलनमा सहभागी युवालाई रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, वाटर साइक्लिङजस्ता खेलमा संलग्न गराइने नेपाल स्काउटले जनाएको छ ।

स्काउटले आयोजना गर्न लागेको अन्र्तराष्ट्रिय स्तरको यो सम्मेलनले पोखराको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।नेपालमा ६० हजार स्काउट रहेको इभेन्ट कोअर्डिनेटर राधाकृष्ण धितालले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.