www.tandavnews.com
Fact ~ In search of truth

संरक्षित क्षेत्रमा पत्रकारलाई जैविक विविधता तथा बन्यजन्तु तालीम

पोखरा, 

ताण्डव न्यूज ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संरक्षण क्षेत्रले काम गर्ने जिल्लाका पत्रकारहरुलाई तालीम प्रदान गरेको छ ।

Batas

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक्यापले एक हप्तासम्म कास्की, म्याग्दी, लम्जुङ, मनाङ, मुस्ताङका पत्रकारहरुलाई जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालीम प्रदान गरेको हो ।

एक्यापले आफ्नो कार्यक्रमहरु लागु गरेको जिल्लाका पत्रकारहरुलाई जैविक बिबिधता र वन्यजन्तुको संरक्षणको प्रयास, यसका ऐन नियम, जनावर पहिचानको विषयमा जानकारी दिन तालीम प्रदान गरेको एकयापका सूचना अधिकारी समेत रहेका संरक्षण अधिकृत ऋषि बराललले जानकारी दिए ।

तालीममा सहजीकरण गर्दै अधिकृत बरालले समाचार लेख्दा पत्रकारहरुले जनावरको पहिचान गर्न सके दिने सूचनाले सहि कुरा दिने पनि बताए ।

उनले यस क्षेत्रमा हुने जीवजन्तु तथा चराचुरुङ्गीको बारेमा तयार भएको पुस्तक दिँदै जनावरबारे केहि दोधार भए त्यो पुस्तकको सहयोग दिन पनि सकिने बताए ।

त्यस्तै तालीमका अर्का सहजकर्ता तथा एक्यापका संरक्षण अधिकृत शैलेन्द्र यादवले अन्नपूर्ण क्षेत्रमा हुने बनस्पतीसँगै जनावरहरुको बारेमा सहजीकरण गरेका थिए ।

उनीहरुले पत्रकारहरुलाई जीवजन्तुको पहिचान उनीहरुको दिसा, पिसाबबाट पनि गर्न सकिने र त्यसको संकलन कसरी गर्ने भन्नेबारेमा पनि बताएका थिए ।

त्यस्तै जनावरहरुलाई क्यामेरा ट्रयापिङको माध्यमबाट पनि पहिचान गर्ने र फोटो खिच्न सकिने बारे पनि तालीममा सिकाइएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.